Rule 57
दूर शिक्षा समिति
(१) दूर शिक्षा सम्बन्धी नीति निर्माण, समन्वय, रेखदेख तथा व्यवस्थापन गर्नको लागि देहायका सदस्यहरु रहेको एक दूर शिक्षा समिति रहनेछः–
(क) मन्त्रालयको सचिव – अध्यक्ष
(ख) सहसचिव, मन्त्रालय (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) – सदस्य
(ग)कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र – सदस्य
(घ) सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय – सदस्य
(ङ) विभागको महानिर्देशक – सदस्य
(च) महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र, मन्त्रालय – सदस्य
(छ) दूर शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(ज) प्रतिनिधि, शिक्षक युनियन, केन्द्रीय समिति – सदस्य
(झ)निर्देशक, दूर शिक्षा महाशाखा – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधी तीन वर्षको हुनेछ ।
(३) दूर शिक्षा समितिको सचिवालय शैक्षिक जनशक्ति विकास केन्द्रमा रहनेछ ।
(४) दूर शिक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।